देश

ढुङ्गाको चेपमा अड्किएका तामाङको सकुशल उद्धार

ओखलढुङ्गा। जिल्लाको चम्पादेवी गाउँपालिका–३, स्थित ओडारे भिरमा ढुङ्गाको चेपमा अड्किएका रामबहादुर तामाङको सकुशल उद्धार गरिएको छ ।

आज दिउँसो दुम्सी खोज्न ढुङ्गाको चेपमा छिर्नुभएका तामाङ अचानक चेपमै अड्किनुभएको थियो ।

तामाङ करिब १०/१५ फिट जति पर अँध्यारोमा पुगेपछि फर्किन नसकी त्यहीँ अड्केपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी ताप्केडाँडाबाट गएको टोलीले उहाँलाई सकुशल उद्धार गरेको छ । तामाङको अवस्था सामान्य रहेको प्रहरीले जनाएका छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *