खेलकुद

जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको जनकपुरले २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनाएको थियो । जनकपुरका लागि संजय कृष्णमुर्थीले ५० रन बनाए भने जान निकोलले ३९ रन बनाएका थिए ।

त्यसैगरी सुदूरपश्चिमका बलर अविनाश बोहोराले सर्बाधिक ४ विकेट लिए भने स्कट कुगेलाइनले ३ विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *