काठमाडौँ । राजावादीहरूले काठमाडौंको बिजुलीबजार क्षेत्रमा प्रदर्शन गरेका छन्।
शाही युवा शक्ति नेपालको आयोजनामा शनिबार उक्त प्रदर्शन गरिएको हो। राजतन्त्र पुनःस्थापनाको मागसहित शान्तिपूर्ण रूपमा जनदबाब सिर्जना गर्ने उद्देश्यले प्रदर्शन गरिएको शाही युवा शक्ति नेपालले जनाएको छ।
प्रदर्शनमा एक दर्जनभन्दा बढी युवाहरू सहभागी भएको बताइएको छ।
हालैका दिनमा विभिन्न समूहहरूले पनि राजतन्त्र पुनःस्थापनाको मागसहित प्रदर्शन गर्दै आएका छन्।




