काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवेकशील साझा पार्टीले गरेको एकीकरण प्रस्तावको सहर्ष स्वागत गरेको छ।
रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार केन्द्रीय समितिको विशेष बैठकले मंसिर १४ गते आइतबार राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना गर्ने निर्णय गरेको छ।
रास्वपाले असल शासन, सुशासन र समुन्नतिलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न परिवर्तनकामी तथा सुसंस्कृत राजनीतिक शक्तिहरूसँग संवाद र सहकार्यलाई थप सुदृढ गर्ने नीति अघि सारेको छ।
प्रवक्ता झाले भने, ‘असल शासन र समुन्नतिसँग सरोकार राख्ने सबै सुसंस्कृत तथा परिवर्तनकामी राजनीतिक शक्तिहरूसँग मुद्दागत र संगठनात्मक सहकार्यका विभिन्न विधिहरू अवलम्बन गर्दै संवाद प्रक्रियालाई अझ घनिभूत बनाउन केन्द्रीय समितिले उच्च संवाद समितिलाई दिएको निर्देशन अनुसार पार्टी सचिवालयले गठन गरेको संयन्त्र ‘संघीय नेतृत्व मञ्च’ अनुमोदित भएको छ।’




