खेलकुद

एसीसी यू–१९ प्रिमियर कप: सेमिफाइनलमा मलेसियाले नेपाललाई दियो ५२ रनको लक्ष्य

काठमाडौँ । एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा मलेसियाले नेपाललाई ५२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको मलेसिया १७.२ ओभरमा अल आउट हुदै ५१ रन बनाएको हो ।

मलेसियाका लागि हमजाह पन्गीले १३ र मुहमद फाथुल मुइनले ११रन बनाएका थिए । त्यस्तै नेपाली बलर नितेश कुमार पटेल, चन्दन रामले ३, अपराजित पौडेल, अशोक धामी र रोशन विश्वकर्माले एक एक विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *