मुख्य समाचार

उज्यालो नेपाल पार्टीको घोषणा सभा मंसिर १७ मा ,कुलमान प्रमूख वक्ता

नवगठित उज्यालो नेपाल पार्टीले मङ्सिर १७ गते राजधानीमा घोषणा सभा आयोजना गर्ने भएको छ। पार्टीले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रज्ञा भवनमा सभा गर्ने जानकारी दिएको हो।

पार्टीका प्रवक्ता डा। राजु थापाका अनुसार घोषणा सभामा ऊर्जा, जलस्रोत तथा सिंचाई,भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङ प्रमुख वक्ताको रुपमा रहनेछन्। उक्त सभामा पार्टीको दृष्टि, मूल ध्येय तथा विस्तृत घोषणा पत्र–२०८२ औपचारिक रूपमा सार्वजनिक गरिने जनाइएको छ । प्रवक्ता थापाका अनुसार कार्यक्रम १ः०० बजेदेखि ४ः०० बजेसम्म संचालन हुनेछ ।

उनका अनुसार पार्टीले लोकतान्त्रिक समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा अंगिकार गर्दै अघि बढ्नेछ। पत्रकार सम्मेलनमा नेताहरूले सबै राजनीतिक दलका राम्रो पक्षलाई आत्मसात गर्दै प्रभावकारी वैकल्पिक राजनीतिक शक्ति बन्ने लक्ष्य रहेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *