संयुक्त राष्ट्रसङ्घका उप प्रवक्ता फरहान हकले पाकिस्तानका पुर्व प्रधान मन्त्री इमरान खानको मानव अधिकारको सम्मान सुनिश्चित गर्न विश्व निकायले पाकिस्तानी अधिकारीहरूलाई आग्रह गरेको पुष्टि गर्नु भएको छ ।
गिरफ्तारी र चलिरहेको कानुनी कार्यवाही उहाँको मानव अधिकार पछिको विषय भएको भन्दै संयुक्त राष्ट्र सङ्घले यस्तो राजनीतिक रूपमा संवेदनशील मामिलाहरूमा, कानून अन्तर्गत निष्पक्ष व्यवहार र प्रक्रियात्मक निष्पक्षता आवश्यक रहेकोमा जोड दिएको छ ।
एएनआईको प्रतिक्रियामा, संयुक्त राष्ट्रसङ्घका उप प्रवक्ता हकले भन्नु भयो “हामीले उहाँको मानव अधिकारको सम्मान गर्न आह्वान गरेका छौं ।“
पाकिस्तानका केही भागहरूमा अशान्ति बढ्दै जाँदा विधिको शासन, निष्पक्ष मुद्दाको अधिकार कायम राखी शान्तिपूर्ण भेला र विरोध प्रदर्शनलाई अनुमति दिन संयुक्त राष्ट्रसङ्घले विज्ञप्ति मार्फत अपिल गरेको जनाइएको छ ।
सन् २०२२ मा प्रधानमन्त्रीको पदबाट हटाइएपछि खानले धेरै आरोपहरूको सामना गर्नु परेको छ । उहाँका कानुनी समर्थकहरूले कार्यवाही राजनीतिबाट प्रेरित रहेको र अन्तर्राष्ट्रिय निकायहरूले–संयुक्त राष्ट्रसँग सम्बन्धित संस्थाहरू सहित–अधिकारीहरूलाई मनमानी हिरासत र निष्पक्ष परीक्षण अधिकारको अस्वीकार जस्ता उल्लङ्घनको आरोप लगाएका छन् ।
यसै विच पूर्व प्रधानमन्त्री इमरान खानका कान्छो छोरा कासिम खानले समाजिक सञ्जाल एक्स मार्फत सरकारले परिवारका सबै सुविदाहरु काटेर आफ्ना बुबालाई पूर्ण एकान्त वासमा राखेको दाबी गर्नु भएको छ ।




