काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा चार समूह औपचारिक रूपमा एकीकृत हुँदैछन्।
जनता समाजवादी पार्टी (जसपा) एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह पार्टीमा समाहित हुन लागेका हुन्।
नेपाली कम्युनिस्ट पार्टी र चार समूहबीचको एकता घोषणा कार्यक्रम आज दिउँसो १ बजे राष्ट्रिय सभागृहमा हुने बताइएको छ।
जसपाको एकीकरण पक्षधर समूह राजेन्द्र श्रेष्ठको नेतृत्वमा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेछ। त्यस्तै, सरद रसाइली नेतृत्वको नेकपा माओवादी विद्रोही समूह पनि एकीकृत हुने तयारीमा छ।




