काठमाडौं । आन्तरिक विवादमा रहेको नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक फेरि सारेको छ । पटकपटक सर्दै आएको बैठक भोलि मंसिर ११ गतेका लागि तय भएको थियो ।
भोलिका लागि तय भएको बैठक पनि पुनः सरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तीमार्फत जनाएका छन् । अर्को बैठक पर्सी दिउँसो २ बजेसम्म बस्ने जनाइएको छ ।





