बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई दिइएको मृत्युदण्डको विरोधमा नोभेम्बर ३० सम्म देशव्यापी आन्दोलन र ‘प्रतिरोध मार्च’ गर्ने भएको छ ।
पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीले उक्त घोषणा गरेको हो ।नोभेम्बर १७ मा, अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले ७८ वर्षीया हसिनालाई तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमलसँगै मानवता विरुद्धको अपराध गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको थियो ।
हसिना हाल भारतमा छिन्, गृहमन्त्री कमल पनि देशमै लुकेर बसेको विश्वास गरिन्छ ।आफ्नो आधिकारिक एक्स ह्यान्डलमा पोस्ट गर्दै अवामी लिगले न्यायाधिकरणको निर्णय मोहम्मद युनुसको अन्तरिम सरकारले हसिना र उनको पार्टीलाई अर्को वर्ष फेब्रुअरीमा हुने आम चुनावबाट ‘बाहिर’ राख्ने राजनीतिक ‘षड्यन्त्र’अन्तर्गत त्यस्तो निर्णय गरेको आरोप लगाएको छ ।
पार्टीले न्यायाधिकरणको निर्णय अस्वीकार गर्दै त्यसलाई ‘अवैध’ भनेको छ र युनुसको राजीनामा मागेको छ ।




