काठमाडौं। नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
पोखरेलले आज विज्ञप्ति जारी गर्दै ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरणका लागि सकारात्मक भूमिका खेल्न सुझाव पनि दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकरात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु । अभिभावकीय भूमिका मार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु ।’




