खेलकुद

एनपिएलः काठमान्डू गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमान्डू गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ रोजेको हो । करण केसीको कप्तानीमा रहेको काठमाडौँले हालसम्म तीन खेल खेलेको छ । काठमाडौँले दुई खेलमा हार तथा एउटामा जित निकालेको छ । काठमाडौँ दुई अङ्कसहित तेस्रो स्थानमा छ ।

यस्तै रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले दुई खेल खेलेको छ । एउटामा जित निकालेको लुम्बिनी दुई अङ्कसहित चौथो स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *