काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट पेस गरेको छ ।
एमालेका नेता महेश बर्तौलाले मंगलबार प्रतिनिधिसभा पुनर्स्थापनाको लागि रिट पेस गरेको जानकारी दिए ।
एमालेले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट हालेको हो । विघटित प्रतिनिधिसभाको एमालेको तत्कालीन संसदीय दलको तर्फबाट रिट हालिएको तत्कालीन प्रमुख सचेतकसमेत रहेका बर्तौलाले बताए ।
ओलीले पुनर्स्थापनाका लागि सर्वोच्चमा रिट दायर गर्ने जिम्मा महेश बर्तौला र सुनिता बराललाई दिएका थिए ।




