काठमाडौं । नेपाली कांग्रेस संखुवासभा जिल्ला प्रदेश सभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १९१० का क्षेत्रीय सभापति एवं जिल्ला समन्वय समितिका सदस्य देउमान राईको हिजो हृदयघातबाट असामयिक निधन भएको छ।
मकालु गाउँपालिका वडा नं, ३ निवासी स्वर्गीय राईले नेपाली कांग्रेसको संगठन निर्माणमा सक्रिय भूमिका निभाउँदै नेपालका लोकतान्त्रिक आन्दोलनहरूमा योगदान पुर्याउनु भएको थियो।
उनको निधनप्रति नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गहिरो दुःख व्यक्त गरेका छन् । कार्यवाहक सभापति खड्काले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका हुन् ।





