राजनीति

सबैले मिलेर देश परिवर्तन गर्न आवश्यक छः अध्यक्ष साम्पाङ

टक्सार (भोजपुर)। श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सबैले मिलेर देश परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

स्थानीय टुँडिखेलमा आज आयोजित कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रम बिना परिवर्तन सम्भव नहुने उल्लेख गर्दै सबै शक्तिको समन्वय आवश्यक रहेको धारणा राखे।

देशको जनशक्ति नै युवाशक्ति रहेको भन्दै साम्पाङले युवाको सही उपयोग अत्यावश्यक रहेकोमा जोड दिए।“युवाले आफूहरू कसरी र कोबाट परिचालित भइरहेका छन् भन्ने बुझ्न आवश्यक छ,” उनले भने।

युवाले अब श्रम गरेर समाज रूपान्तरणमा योगदान दिनुपर्ने बताउँदै साम्पाङले आगामी दिनमा सबैले आत्मसुधारसँगै सही मार्गमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *