राजनीति

जसपाका छ नेता नेकपामा समाहित हुने

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का छ जना नेता नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएका छन्।

जसपा संघीय परिषद् सदस्य राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय रणध्वज लिम्बु (कन्दङ्वा) र परशुराम बस्नेत सहितका नेता पार्टी त्यागेर नेपाली कम्युनिस्ट पार्टीमा जाणे तयारीमा छन्।

त्यसैगरी, समाहित हुने सहमतिमा पुगेका अन्य नेताहरूमा जसपा केन्द्रीय सल्लाहकार समितिका सदस्य दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष डा. पुष्पराज राजकर्णिकार र केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घजु रहेका छन्।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *