राजनीति

चुनावमा भाग लिन कांग्रेसले गरायो दल दर्ता

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा तथा माघ ११ गते निर्धारित राष्ट्रिय सभा निर्वाचनमा सहभागिता जनाउन निर्वाचन आयोगमा दल दर्ता गराएको छ।

आयोगका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेस दर्ता नम्बर ४२ र राष्ट्रिय सभा निर्वाचनका लागि दर्ता नम्बर ९ मा दर्ता भएको छ।

आइतबार बिहान कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल आयोगमा उपस्थित भई दल दर्ता प्रक्रिया पूरा गरेका हुन्।

यसअघिको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी दुवै निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गर्दै सो जिम्मेवारी मुख्यसचिव पौडेललाई दिएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *