देश

भृकुटीमण्डपमा आज एमालेको जनप्रदर्शन

काठमाडौँ । नेकपा एमालेले आज जनप्रदर्शन तथा सभा गर्दैछ ।

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेले आज काठमाडौँको भृकुटीमण्डपमा सभा गर्न लागेको हो । सभा आज बिहान ११ बजेदेखि शुरु हुने भएको छ ।

एमालेको बागमती प्रदेश कमिटीले आयोजना गरेको सभामा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

एमालेले यसअघि स्थानीय तह र जिल्ला सदरमुकाम केन्द्रित प्रदर्शन गरिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *