खेलकुद

सुदूरपश्चिम रोयल्सले पोखरालाई दियो १९४ रनको लक्ष्य

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १९४ रन को लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनाएको छ ।

सुदूरपश्चिमका लागि जोश ब्राउनले सर्बाधि ६८ रन बनाएका थिए भने विनोद भण्डारीले ४३ रन बनाए । त्यस्तै क्रिस लीनले ३१ रन बनाए बने दिपेन्द्र सिंह ऐरीले १५ रन बनाएका थिए ।

त्यसैगरी पोखरा एभेन्जर्सका बलर जेम्मी निशामले ३ विकेट लिएका थिए भने आकास चन्द र डान डोउथवेट २-२ विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *