देश

सिमरामा जेनजीमाथि कुटपिट गरेको आरोपमा दुईजना वडाध्यक्ष पक्राउ

सिमरा। बाराको सिमरामा जेनजी समूह र एमाले कार्यकर्ताबीच भएको झडप प्रकरणमा जितपुर–सिमरा उपमहानगरपालिका–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा–६ का अध्यक्ष कैमद्विन अन्सारी पक्राउ परेका छन्।

जेनजीका साइकुस उपाध्यायले कुटपिटको उजुरी दिएको आधारमा प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको र अन्य संलग्नको खोजी जारी रहेको प्रहरी प्रमुख सन्तोष तामाङले बताए।

घटनापछि जेनजी कार्यकर्ताले बिहीबार पथलैया सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । सडक खुलाउने क्रममा प्रहरीसँग पनि झडप भएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *