राजनीति

सिमराका जस्ता घटनाले एमाले र जेनजी दुवैलाई अप्ठेरोमा पार्छ : नेता डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आसन्न निर्वाचनको वातावरणलाई स्वच्छ र शान्तिपूर्ण राख्न सबै सरोकारवाला पक्षलाई अपिल गरेका छन् । बाराको सिमरामा हालै भएको झडपको घटनाप्रति लक्षित गर्दै उनले यस्ता गतिविधिले दुवै पक्षलाई असहज स्थितिमा पुर्‍याउने भन्दै संयमता अपनाउन आग्रह गरेका हुन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता कोइरालाले संविधानको रक्षा र मंसिर ४ गते हुन गइरहेको आमनिर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नु सबै नेपालीको साझा कर्तव्य भएकोमा जोड दिएका छन् । उनले भनेका छन्, ‘हिजो सिमरामा भएका जस्ता घटनाले ती दुवैलाई अप्ठेरोमा पार्न सक्छन् । संयमित बनौँ, निर्वाचनको वातावरण नबिगारौँ ।’

बुधबार बाराको सिमरामा नेकपा एमालेका कार्यकर्ता र जेनजी युवा समूहबीच भएको झडपले चुनावी सरगर्मीका बीच केही तनाव उत्पन्न गरेको थियो । यस्ता घटनाक्रमले निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण सञ्चालनमा चुनौती थप्न सक्ने भन्दै कोइरालाले समयमै सबैलाई सचेत गराएका छन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *