देश

धुर्मुसले रंगशाला परियोजना छाडेपछि भरतपुर महानगरमाथि गम्भीर आरोप

काठमाडौं । समाजसेवा र हास्यव्यङ्ग्यका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण परियोजनाबाट हात झिक्ने घोषणा गरेका छन्। उनले भरतपुर महानगरपालिकालाई आफ्नो निरन्तर झुलाउने र सम्झौता अनुसारको रकम नबुझाएको भन्दै गम्भीर आरोप लगाएका छन्।

धुर्मुसले भने, “भरतपुरवासीसँग मेरो कुनै गुनासो छैन, तर महानगरसँग स्पष्ट सम्झौता थियो। मलाई विधिवत् बिदाइ गरिन्छ भन्ने विश्वास थियो। तर पाँच वर्षसम्म कुनै उपाय आएन। अब महानगर कार्यालयमा कहिल्यै फर्किँदिनँ।”

धुर्मुस–सुन्तली फाउन्डेसनले सुरु गरेको रंगशाला परियोजनामा करिब १८ करोड रुपैयाँ दायित्व बाँकी रहेको सरकारी प्रतिवेदनले देखाएको छ। सरकारले पहिले १५ करोड रुपैयाँ भुक्तान गर्ने घोषणा गरेको थियो, तर महानगरले कागजपत्र नपुगेको भन्दै पटक–पटक धुर्मुसलाई फर्काएको उनले बताए।

परियोजना र महानगरको असहयोगले धुर्मुस मानसिक रूपमा थकित देखिएका छन्। साथै, उनकी एकमात्र छोरी दीर्घरोगी भएकाले परिवारमा पनि चुनौतीको अवस्था रहेको छ। उनकी पत्नी कुञ्जना घिमिरेले भनेकी छन्, “अब उनलाई बचाउने जिम्मा जनताको हो।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *