राजनीति

रवि र छविको सहकारी ठगी मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीविरुद्धको बहुचर्चित सहकारी ठगी तथा संगठित अपराध मुद्दामा आज उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा पेसी तोकिएको छ।

गत हप्ता न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले मुद्दाको मूल मिसिल झिकाउन आदेश दिएको थियो। उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार मिसिल प्राप्त भएसँगै आज पेसी चढाइएको हो।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको भनिएको रकम दाखिल गरे पनि जिल्ला अदालत रुपन्देहीले उनलाई रिहा गर्न अस्वीकार गरेको थियो। लामिछानेले सो आदेशविरुद्ध उच्च अदालतमा निवेदन दर्ता गरेका थिए।

यसअघि नै अदालतले लामिछाने र जोशीको मुद्दा एकसाथ हेर्ने निर्णय गरेको थियो। आजको सुनुवाइले मुद्दाको भविष्य र लामिछानेको राजनीतिक भविष्यमा कस्तो प्रभाव पर्छ भन्ने कुरामा सबैको ध्यान केन्द्रित छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *