राजनीति

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेले आज सचिवालय बैठक बोलाएको छ ।

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी एमाले सचिवालय बैठक बोलाइएको हो ।

बैठकमा मंसिर ६ गते काठमाडौंमा हुने जनप्रदर्शन र ११ औं महाधिवेशनको तयारीका विषयमा छलफल हुने बताइएको छ । एमालेले आगामी मंसिर २७, २८ र २९ गते हुने महाधिवेशनका लागि १३ गते देशैभर प्रतिनिधि छनोट गर्दैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *