देश

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै, महाधिवेशन मिति विवादमा

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकको जानकारी दिएका छन्।

सोमबार बस्ने भनिएको बैठक आन्तरिक विवाद नमिलेपछि आजसम्मका लागि सारिएको थियो। कांग्रेसमा महाधिवेशन कहिले गर्ने भन्ने विषयमा दल भित्र विभाजन देखिएको छ। संस्थापन पक्षका सदस्यहरू चुनावपछि महाधिवेशन गर्नुपर्ने पक्षमा छन् भने अन्य पक्षले महाधिवेशनअघि चुनाव गर्ने माग राख्दै आएका छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा सुरु भएको बैठक अझै जारी छ र अहिलेसम्म निर्णयमा पुग्न सकेको छैन।

यसैबीच, गत शुक्रबार राति सभापति शेरबहादुर देउवा सिंगापुरमा उपचारपछि फर्किएर विवाद समाधानका लागि छलफल सुरु गरेका छन्। तर अहिलेसम्म ठोस सहमति बन्न सकेको छैन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *