विश्व

इजरायली कब्जा बलद्वारा हेब्रोनका विभिन्न क्षेत्रमा छापा मारी दर्जनौं प्यालेस्टिनीलाई गिरफ्तार

इजरायली कब्जा बलहरूले बुधबार हेब्रोन गवर्नरेटका विभिन्न क्षेत्रहरुमा आक्रमणसहित छापा मारी, दर्जनौं प्यालेस्टिनीहरूलाई हिरासतमा लिनुका साथै बेत उमर सहरमा कडा घेराबन्दी गरेका छन् ।

प्यालेस्टिनी समाचार एजेन्सी ९डब्लु ए एफ ए० ले हेब्रोन सहरको वाडी अल–हरियामा कब्जा गरेको सेनाले आक्रमण गरेको तथा शहीद इमरान अल–अतरासको घरमा छापा मारी घरका सामग्रीहरू पूर्ण रूपमा नष्ट गरेको रिपोर्ट गरेको छ । उनीहरूले अबु कटिलामा पनि आक्रमण गरी घरहरूमा छापा मारी बासिन्दाहरूलाई हिरासतमा लिएको जनाइएको छ ।

यसै गरी हेब्रोनको पश्चिममा रहेको देइर सामेत सहरमा, कब्जा गर्ने सेनाहरूले सहरमा आक्रमण गरी धेरै युवाहरूलाई हिरासतमा लिनुका साथै एउटा घर कब्जा गरेर सैन्य ब्यारेक र सोधपुछ केन्द्रमा परिणत गरेको जनाइएको छ ।

कब्जा बलहरूले बेत उमरमा सैन्य घेराबन्दी लगाइ त्यहाँ जाने सबै सडकहरू बन्द गर्नुका साथै बासिन्दाहरूलाई वरिपरि घुम्न र सहर छोड्नबाट रोक लगाई दर्जनौं प्यालेस्टिनीहरूलाई सोधपुछ गर्दै नियन्त्रणमा लिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *