देश

सिमरा घटना जेन-जी भावना होइन, त्यसको दुरूपयोग हो : विश्वप्रकाश शर्मा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सिमरामा भएको घटना जेन–जी (GenZ) युवाको वास्तविक भावनाअनुसार नभई त्यसको दुरुपयोग भएको टिप्पणी गरेका छन्।

फेसबुकमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै शर्माले व्यक्तिलाई जुन–कसै ठाउँमा भ्रमण गर्ने संविधानप्रदत्त अधिकार कुण्ठित गर्न नपाइने भन्दै अधिकारमाथि रोक–थामले उल्टै द्वन्द्व बढाउने चेतावनी दिएका छन्। उनले वर्तमान अवस्थालाई संयम र एकताको भावना आवश्यक पर्ने समय भएको उल्लेख गरे।

शर्माले फेसबुकमा लेखेका छन्–

एमाले चुनावको विपक्षमा उभिएको छ त, उसलाई चुनावमा आउन आग्रह गरौं l मधेस प्रदेशमा सहि कर्म गरेन त, त्यस विरुद्ध दबाब दिउँ l GenZ विरुद्ध आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौं l तर आफ्ना कुरा राख्न कहिँ पनि भ्रमण गर्ने संविधान प्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न मिल्दैन l त्यसले झनै द्वन्द्व बढाउँछ, यो समय संयम र एकता राख्नुपर्ने समय हो l

त्यसैले सिमरा घटना दु:खद ! प्रधानमन्त्रीज्युलाई ध्यानाकर्षण- एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ? सामाजिक संजाल निषेध विरुद्ध उभिने GenZ कसैको `समाज भ्रमण अधिकार´ विरुद्ध उभिन सक्दैनन् l अत सिमरा घटना GenZ भावना होइन, त्यसको दुरुपयोग हो l निषेधको राजनीति कसैले नगरौं l

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *