काठमाडौँ । सरकारले नेपाल विशेष सेवा ऐन २०४२ संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकमा सो निर्णय गरिएको सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।
त्यसैगरी, बैठकले जने-जी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ तत्काल राहत दिने निर्णय गरेको छ। साथै, नर्वेबाट ५ मिलियन अमेरिकी डलर र स्वीटजरल्याण्डबाट २.१ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार्ने निर्णय पनि भएको छ।
बैठकले नेपाल स्टक एक्स्चेन्जको पुनःसंरचना सम्बन्धी सुझाव समिति प्रकाशजंग केसीको संयोजकत्वमा गठन गर्ने, माथिल्लो मुस्ताङमा विदेशी नागरिकका लागि पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर कायम गर्ने, र सहिद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा. कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ।




