काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले आज निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ।
आयोगका सचिव महादेव पन्थले नेता चन्दलाई बहादुर भवनमा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो। नयाँ दलले गुलाब निर्वाचन चिह्न पाएको छ।
गत कात्तिक ११ गते ‘कम्युनिष्ट पार्टी नेपाल’को नाममा दल दर्ताको निवेदन बुझाएका नेताहरू सन्तोष बुढामगर र प्रवक्ता खड्गबहादुर विश्वकर्मा थिए। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सँगको एकता पश्चात यस दललाई मान्यता दिइएको हो।
विप्लव समूह विसं २०७७ फागुन २० मा सरकारसँगको सहमतिपछि अर्धभूमिगत अवस्थाबाट मुख्यधारामा फर्किएको थियो। प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नयाँ दल दर्ताका लागि निवेदन दिने क्रम जारी छ भने निर्वाचन प्रयोजनका लागि मङ्सिर १० भित्र दलहरूले आयोगमा निवेदन दिनुपर्नेछ।




