काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङले टियु क्रिकेट मैदानमा निर्मित फ्लडलाइटको उद्घाटन गर्दै अबको दुई वर्षमा क्रिकेट मैदानलाई पूर्ण स्टेडियम बनाउनका लागि गुरु योजना मन्त्रिपरिषदबाट स्वीकृत भएको समेत जानकारी दिएका छन् । उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् । सो अवसरमा निर्माण कार्यमा संलग्न प्राविधिक, निर्माण कम्पनिहरुलाई सम्मान समेत गरिएको थियो ।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अघि पहिलो चरणको रंगशाला निर्माण सम्पन्न भएको र सरकारले नेपाल क्रिकेट संघ (क्यान) लाई हस्तान्तरण समेत गरेको छ । क्यानका अघिकारीहरुले सो उल्लेखनीय कार्य गरेवापत नेपाल सरकारलाई धन्यवाद समेत दिएका थिए ।




