काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो खेल जनकपुरका ओपनर आसिफ शेखले दमदार प्रदर्शनसहित रौसिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं गोर्खाजविरुद्ध ब्याटिङ गर्दै आसिफले सुरुवातदेखि नै आक्रामक मुडमा खेल्दै ३७ बलमै अर्धशतक पूरा गरे।
उनको इनिङ ५४ रनमा टुंगियो। ४१ बलको पारीमा उनले ६ चौका र १ छक्का प्रहार गर्दै जनकपुरको पारीलाई सहज बनाएका थिए। उद्घाटन खेलमै आसिफको यस प्रदर्शनले एनपीएलको सुरु गर्दैै प्रतियोगितामा रोमाञ्च थपिदिएको छ।




