देश

कांग्रेस प्रतिनिधिसभाको पुनर्स्थापनाको पक्षमा नजाने

काठमाडौं । नेपाली कांग्रेसले विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको पक्षमा नजाने निर्णय सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।

आइतबार दिउँसो कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सभामुखलाई भेटेका थिए ।अनौपचारिक भेटमा प्रमुख सचेतक घिमिरेले पार्टीभित्र पुनर्स्थापनामा एकमत नभएकाले त्यसतर्फ नजाने स्पष्ट पारे ।

‘डा. शेखर कोइराला समूह र महामन्त्री गगन थापासहितका नेताहरू पुनर्स्थापनाको विपक्षमा हुनुहुन्छ,’ उनले भने, ‘त्यसैले पार्टीले यो विषयमा निर्णय नलिने भएको छ ।’ भेटपछि घिमिरेले पार्टीका शीर्ष नेताहरूलाई सभामुखलाई दिइएको जानकारीबारे ब्रिफिङ गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *