देश

सर्भर चाप बढेपछि आयोग ‘लचिलो’ मतदाता नामावली संकलन अवधि थपियो

काठमाडौं । बढ्दो चाप, प्रविधिगत अवरोध र सरकारी नेतृत्वको आग्रहबीच निर्वाचन आयोगले मतदाता नामावली संकलनको म्याद थप्ने निर्णय गरेको छ। आयोगले शुक्रबार ५ दिन समय थपिएको घोषणा गर्दै अब मंसिर ५ गतेसम्म नामावली दर्ता गर्न सकिने जनाएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार, प्रधानमन्त्री, गृहमन्त्री तथा सम्बन्धित निकायहरूले दर्ता अवधि बढाउन पटक–पटक सुझाव दिएपछि आयोग बाध्य भएर म्याद विस्तारमा गएको हो। दर्ता गर्न आउनेहरूको चाप निरन्तर बढिरहेको थियो। सर्भर समस्याले पनि कतैकतै अवरोध सिर्जना गरिरहेका थिए,’ भण्डारीले बताए।

यसअघि सरकारले ३० कात्तिकसम्मको म्याद तोकेको थियो। तर अन्तिम चरणमा मतदाता नामावली दर्ता कार्यालयहरूमा भीड बढ्न थालेपछि विस्तार अपरिहार्य बनेको आयोगको तर्क छ।
चुनाव नजिकिँदै गर्दा मतदाता दर्ता प्रणालीमा बारम्बार देखिएको प्राविधिक समस्या र सर्भर अवरुद्धका घटनाले निर्वाचन तयारीको विश्वसनीयतामै प्रश्न उठेको विश्लेषकहरूको टिप्पणी छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *