देश

सन्तोष परियारद्वारा रास्वपा परित्याग

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य तथा पूर्व सांसद सन्तोष परियारले पार्टी परित्याग गरेका छन्।
विघटित प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतकका रूपमा जिम्मेवारी सम्हालेका परियारले कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई राजीनामा पत्र बुझाएका हुन्।

परिवर्तनशील राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै उहाँले नयाँ राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने आवश्यकता महसुस भएको उल्लेख गर्दै राजीनामा पत्रमा लेखेका छन्,“आजैको मितिदेखि रास्वपाको कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधारण सदस्यसमेत नरहने व्यहोरासहित यो निवेदन पेस गर्दछु।”

रास्वपाका प्रवक्ता मनिष झाले परियारले पार्टी छोडेको पुष्टि गर्दै उहाँको आगामी यात्राका लागि शुभकामना दिएका छन्।
यसअघि रास्वपाबाट शिक्षामन्त्री बन्नुभएकी सुमना श्रेष्ठले पनि पार्टी परित्याग गरेकी थिइन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *