काठमाडौं । देशभरका यातायात कार्यालयको सेवा अवरुद्ध भएको छ। यातायात व्यवस्था विभागको डाटा सेन्टरमा अचानक विद्युत् आपूर्ति बन्द हुँदा सेवा रोकिएको हो।
बत्ती निभेपछि इन्भर्टरमार्फत विद्युत् आपूर्तिको व्यवस्था गरिएको भए पनि त्यसले काम नगरेको विभागले जनाएको छ।
विभागका सूचना प्रविधि (आईटी) निर्देशक केशव खतिवडाले भने, “लाइन गएपछि इन्भर्टरबाट स्वचालित रूपमा आपूर्ति सुरु हुने प्रणाली बनाइएको थियो, तर अहिले त्यसले पनि काम नगरेको देखिएको छ,” भनेर बताए।
उनका अनुसार डाटा सेन्टरको विद्युत् आपूर्ति अवरुद्ध भएपछि देशभरका यातायात कार्यालयको सर्भर डाउन भएको र सेवा पुनःसञ्चालनका लागि प्राविधिक टोली खटाइएको छ।




