देश

संसद् पुनर्स्थापनाको पक्षमा निर्णय गर्न घिमिरेको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले संसद् पुनर्स्थापनाको पक्षमा पार्टी स्पष्ट रूपमा उभिनुपर्ने प्रस्ताव गरेका छन् ।

बुधबार जारी पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै घिमिरेले कांग्रेसले सरकार गठन र संसद् विघटनलाई असंवैधानिक भन्दै आएको स्मरण गराउँदै अब संसद् पुनर्स्थापनाको पक्षमा स्पष्ट निर्णय गर्नुपर्ने बताएका हुन् ।

उनले भने, “हामी विगतका सबै पटक संसद् विघटन हुँदा पुनर्स्थापनाका लागि अदालत गएका छौं । यस पटक किन पक्षमा नउभिने ? पार्टीले नै संसद् विघटन र सरकार निर्माणलाई असंवैधानिक भनिसकेको छ ।”

घिमिरेका अनुसार संसद् पुनर्स्थापनाको मागसहित उनले विघटित प्रतिनिधि सभाका सांसदहरूबाट हस्ताक्षर संकलन पनि गरेका छन् । उनले उक्त हस्ताक्षर अभियान पार्टी सभापति, कार्यवाहक सभापति वा महामन्त्रीको निर्देशनमा नभई व्यक्तिगत पहलमा सुरु गरेको बताए ।

फागुन २१ गते निर्वाचन तोकिए पनि संसद् अल्पकालीन हुने ठहर गर्दै उनले चालु बैठकले संसद् पुनर्स्थापनाको पक्षमा आधिकारिक निर्णय गर्न आग्रह गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *