काठमाडौँ । वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकरण अभियान) निर्वाचन आयोगले खारेज गरेको छ।
नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि गौतमले आफू नेतृत्वको नेकपा (एकीकरण अभियान) खारेज गर्न आयोगमा निवेदन दिएका थिए। सोही निवेदनका आधारमा निर्वाचन आयोगले मंगलबार उक्त पार्टी खारेज गरेको हो।
तत्कालीन नेकपा (एमाले र माओवादी केन्द्र) विभाजन भएपछि गौतमले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी कुनै पनि दलमा नलागी आफ्नै नेतृत्वमा नेकपा (एकीकरण अभियान) गठन गरेका थिए।
हाल गौतम नेकपा (एकीकृत समाजवादी) हुँदै नेपाली कम्युनिस्ट पार्टी मा समाहित भएका छन्। उनी अहिले सो पार्टीमा चौथो बरियतामा रहेका छन्।



