जनकपुरधाम। मधेश प्रदेशमा आन्दोलनरत सात राजनीतिक दलले बुधबार पनि आफ्नो प्रदर्शन जारी राखेका छन्।
मधेश भवनस्थित मुख्यमन्त्री कार्यालयको गेट अगाडि र त्यसको विपरीत दिशामा रहेको मिल्स एरियामा प्रदर्शन सुरु भएपछि सुरक्षाकर्मीहरूको उपस्थिति थप गरिएको छ। प्रदर्शनकारीहरूले धर्ना, विरोध र नाराबाजीका कार्यक्रम सञ्चालन गरिरहेका छन्।
सोमबार नेकपा एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएपछि सात दलले क्रमशः प्रदेश प्रमुख, मुख्यमन्त्री र मधेश प्रदेशसभाका सभामुखविरुद्ध आन्दोलन थालेका हुन्।




