देश

वार्ताका लागि दुर्गा प्रसाईंको प्रतीक्षामा गृह मन्त्रालय

काठमाडौँ। हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना गर्नुपर्ने मागसहित आन्दोलनको तयारीमा रहेका व्यवसायी दुर्गा प्रसाईंसँग वार्ताका लागि गृह मन्त्रालयले तयारी पूरा गरेको छ।

गृहमन्त्रीको सचिवालयका अनुसार प्रसाईं र उनका प्रतिनिधि वार्ताका लागि बिहान साढे १० बजे आउने तय भए पनि उनीहरू अहिलेसम्म मन्त्रालय पुगेका छैनन्।

गृह प्रशासनले संवादका लागि आह्वान गर्दै विज्ञप्ति जारी गरेपछि प्रसाईंले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलमार्फत गृहमन्त्री अर्याललाई आफ्नो मागसम्बन्धी पत्र पठाएका थिए।

त्यसपछि गृह मन्त्रालयले प्रसाईंसँग वार्ता गर्ने तयारी थालेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *