काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
मङ्गलवार सिंहदरबारमा बसेको समितिको बैठकले आर्थिक वर्ष २०८१/८२को वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको सभापति तुलसाकुमारी दाहालले बताए ।
उनकाअनुसार प्रतिवेदनमा समितिले बर्सभरि समसामयिक विषयमा गरेका निर्णयहरू उल्लेख गरिएको छ । उनले समितिले प्रदेश तथा स्थानीय तहसँगको छलफल तथा अध्ययनका लागि सुदूरपश्चिम जाने निर्णय गरेको पनि बताए ।
उनका अनुसार अध्ययनका लागि सुदूरपश्चिम जानको लागि मिति तोक्न बुधवार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने पनि बताए ।
जेनजी विद्रोहपछि पहिलो पटक संसदीय समिति छलफल तथा अनुगमनका लागि उपत्यका बाहिर जान लागेको हो ।



