काठमाडौं। अभियन्ता युवराज पौडेल सफल नेतृत्वको दल निर्वाचन आयोगमा दर्ता भएको छ। यसअघि समाजवादी केन्द्र नेपालको नाम परिवर्तन गरेर नेपाल नागरिक पार्टीका रूपमा दर्ता गरिएको थियो, र अब सफलको नेतृत्वमा रहेको पार्टीसँग गाभिएको छ।
अधिवक्ता डा. सुरेन्द्र भण्डारीले पहिले छुट्टै दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। तर, युवराज सफलले आफू नेतृत्वको पार्टी नेपाल नागरिक पार्टीसँग गाभेर एकीकृत गर्ने सहमति जनाएपछि कात्तिक ११ गते निवेदन फिर्ता लिएका थिए।
अब गठित पार्टीमा अधिवक्ता भण्डारी सभापति रहेका छन् भने अभियन्ता युवराज पौडेल उपसभापति छन्। अर्का सभापति डा. प्रकाश पौडेल रहेका छन्। महामन्त्रीमा पुजनजंग गुरुग, कोषाध्यक्षमा दिपलाल जोशी नियुक्त भएका छन्।
युवराज सफलका अनुसार, पार्टीको २८ सदस्यीय केन्द्रीय समिति रहेको छ। केन्द्रीय सदस्यहरूमा नुरमहमत मियाँ, तेजबहादुर कार्की, भगवती ढकाल, रामशरण बुढाथोकी, निरा भण्डारी लगायत छन्।



