देश

शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न नहुन शिक्षामन्त्रीको सर्कुलर

काठमाडौँ ।शिक्षा मन्त्रालयले सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने चेतावनी दिएको छ । मन्त्रालयले जारी गरेको सूचनामा यस्तो कार्यमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्नेसम्मको कानुनी कारबाही हुने उल्लेख गरिएको छ ।

मन्त्रालयको सूचनामा भनिएको छ, “कुनै पनि पेसागत ऐनले त्यस्तो सेवामा कार्यरत कसैलाई पेसागत हकहित र अधिकार प्राप्तिको सौदाबाजी गर्नेबाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन । राजनीतिक गतिविधिमा संलग्न भएको पुष्टि भएमा पदबाट बर्खास्त गर्न सकिने कानुनी व्यवस्था रहेको छ ।”

शिक्षामन्त्री पुनले जारी गरेको सर्कुलरमा राजनीतिक दलका भ्रातृ संगठन वा शुभेच्छुक संस्थाका रूपमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उल्लेख गरिएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका विभिन्न संघ–संस्थालाई मन्त्रालयले अब मान्यता नदिने निर्णय गरिएको उल्लेख छ ।

त्यस्तै, मन्त्रालयले शिक्षक महासंघ, प्राध्यापक संघलगायत शिक्षा क्षेत्रमा क्रियाशील संघ–संस्थालाई राजनीतिक प्रभावमुक्त, स्वतन्त्र र व्यवसायिक बनाउन कानुनी प्रबन्धसहित पुनर्गठन गर्न आह्वान समेत गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *