राजनीति

मधेश प्रदेशसभामा सांसदले आफैंलाई दले मोसो

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सांसद रहबर अन्सारीले संसदमा आफैंले मोसो दलेका छन् ।

सांसद र दलहरूको नैतिक धरातल सकिएको भन्दै उनले आफैंले आफैंलाई मोसो दलेका हुन् ।

मुख्यमन्त्री जितेन्द्र सोनाले आज विश्वासको मत लिइरहेको बेला अन्तिममा उनले समय मागेर बोले ।

त्यस क्रममा सभामुख रामचन्द्र मण्डलले उनको माइक काटेपछि उनले मोसो दलेका हुन् ।

उनले मुख्यमन्त्री जितेन्द्र सोनलको सरकार यहाँको सांसदले नबनाएर केन्द्रका आदेशमा बनाइएको आरोप लगाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *