देश

निजी क्षेत्रलाई गभर्नर पौडेलको आग्रहः उच्च मनोबलका साथ काम गरौँ

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उच्च मनोबलका साथ काम गर्न उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन् ।

शनिवार काठमाडौँमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई अवसरको रूपमा लिएर उच्च मनोबलका साथ काम गर्न उनले निजी क्षेत्रलाई आग्रह गरेका हुन् ।

गभर्नर पौडेलले नयाँ विजनेस बनाएर अघि बढ्न सके केही दुर्घटना परेजस्तो देखिएको नेपालको उद्योग व्यवसाय सुधार हुने अवस्था रहेको समेत बताए । उनले अहिले वैधानिक सरकार रहेको र केही समय पछि जननिर्वाचित सरकार बन्ने भएकाले उद्योग क्षेत्रको विकासमा अघि बढ्नका लागि निजी क्षेत्रले निराश भएर बस्नुपर्ने अवस्था नरहेको बताए ।

गभर्नर पौडेलले भने ‘नयाँ विजनेस बनाउनुस्, उच्च मनोबलका साथ काम गर्नुस् । एउटा दुर्घटनाजस्तो भयो । तर तत्काल वैधानिक गभर्मेन्ट छ । हामीहरू सबैले तपाईँहरूसँग कम्युनिकेसनमा बसिराखेका छौँ । यो अवसरलाई तपाईँहरूले पोजेटिभली लिएर यसलाई युज गर्नतिर लाग्नुहोला । इकोनोमीमा मनोबलको एकदमै ठुलो काम हुन्छ । त्यो मनोबलले हामीसँग पैसा पनि छ । हामीसँग गभर्नेन्स पनि छ । अव फेरी इलेक्टेड गोभरर्मेन्ट आउँछ । इन्डियाले ग्रो गरेको छ । चाईनाले ग्रो गरेको छ । हामी स्याड किन हुनुप¥यो । हामी नेपालीहरू सारा विश्वभर छौँ । त्यो फिलिङ लिएर काम गर्नु भयो भने इकोनोमी माथि जान्छ । तपाईँहरूलाई पनि धेरै समस्या छ । आई नो अबाउट इट । तर हामी कम्युनिकेसनमा बसौँ । त्यसकारण तपाईँहरूको मनोबल उच्च राख्नुस् । गोभरर्मेन्टको म्यासेज पनि त्यही हो । हामी त्यही भन्छौँ ।’

गभर्नर पौडेलले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन कालोसूची बाधकको रूपमा देखिएको उल्लेख गर्दै त्यो समस्या समाधानमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने आवश्यकता समेत औँल्याए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *