देश

राजदूत पण्डितलाई मातृशोक

​काठमाडौँ।इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई मातृशोक परेको छ ।

उनकी आमा कुन्तीदेवी पण्डितको ९६ वर्षको उमेरमा शुक्रबार राति महेन्द्रनगरस्थित आफ्नै निवासमा निधन भएको उनकी नातिनी मञ्जु पण्डितले जानकारी दिइन् ।

कुन्तीदेवी केही समयदेखि अल्जाइमरलगायतका रोगबाट पीडित थिइन् । उनका ९८ वर्षीय पति, दुई छोरा र दुई छोरी छन् ।

राजदूत पण्डितलाई परराष्ट्र मन्त्रालय फिर्ता हुन सरकारले निर्देशन दिएपछि बुधबार राति उनी नेपाल फर्किएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *