काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। आज दिउँसो १ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने कार्यक्रम तय गरिएको छ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्यहरू साथै सातै प्रदेश सभापतिहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।




