खेलकुद

हङकङ क्रिकेट सिक्सेसमा अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौँ । ‘हङकङ क्रिकेट सिक्सेस’ अन्तर्गतको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । शुक्रबार भएको खेलमा अफगानिस्तानले नेपाललाई १७ रनले पराजित गरेको हो ।अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछाएको नेपालले ६ ओभरमा २ विकेट गुमाउदै ९५ रन बनाएको थियो ।

नेपालका लागि सन्दीप जोराले ५३ रन बनाएका थिए भने रशिद खानले ११ रन बनाए भने आदील आलम पनि ११ रन बनाएका थिए ।यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ६ ओभरमा ५ विकेट गुमाउदै ११२ रन बनाएको थियो ।

यस खेलमा नेपालका बलर रशिद खानले ह्याट्रिक लिएका थिए । रशिदले पाँचौं ओभरमा ह्याट्रिक लिएका हुन् । रशिदले यस खेलमा कुल ४ विकेट लिएका थिए । त्यस्तै लोकेश बमले एक विकेट लिएका थिए । यस खेलमा अफगानिस्तानका करिम जन्नतले सर्बाधिक ३५ रन बनाए भने फरमुल्लाह साफीले ३० र कप्तान गुल्बादीन नैबले २२ रन बनाएका थिए ।

अब नेपालले अर्को खेल भोली बिहान ६ बजे दक्षिण अफ्रीकासँग खेल्ने तालिका छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *