काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (विप्लव)ले सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै काठमाडौंमा र्यालीसहित प्रदर्शन गरेको छ।
बिहीबार दिउँसो काठमाडौंमा भएको प्रदर्शनपछि पार्टीले सभा पनि आयोजना गरेको छ। नेकपाका अनुसार, जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र अन्य विषयमा पार्टीको धारणा आम जनतासम्म पुर्याउने उद्देश्यले सभा गरिएको हो।
प्रदर्शन अहिले भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको छ। सभा कार्यक्रममा पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।




