सम-सामयिक

मेयर बालेनविरुद्ध साइबर ब्युरोमा जाहेरी दिदै युवा संघ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जालमा लेखेको एउटा स्टाटसका कारण विवाद चुलिएको छ। एमाले निकट युवा संघ नेपालले उक्त स्टाटसलाई लिएर प्रहरीमा विद्युतीय अपराध अन्तर्गत साइबर ब्युरोमा जाहेरी दिने तयारी गरेको छ।

संघका अनुसार बालेनको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको र मित्रराष्ट्रहरूको अपमान गरेको आरोप छ। त्यसैले उनीहरूले कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरेका हुन्।

बालेनले दुई दिनअघि मध्यरातमा सामाजिक सञ्जालमा अशोभनीय र आपत्तिजनक शब्द प्रयोग गर्दै स्टाटस लेखेका थिए। उनले केहीबेरमै उक्त स्टाटस हटाए पनि त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएको थियो।

उक्त विषयमा सर्वसाधारणदेखि राजनीतिक दलका नेतासम्मले बालेनको कडा आलोचना गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *