काठमाडौं ।नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ।
बिहीबार काठमाडौंको भृकुटीमण्डमा दिउँसो १ बजे जनप्रदर्शनसहितको जनसभा गर्ने सो पार्टीले जनाएको छ। त्यसका लागि मध्याह्न १२ बजे सुन्धाराबाट प्रदर्शन सुरू हुनेछ।
त्यहाँबाट प्रदर्शन गर्दै भृकुटीमण्डप पुग्ने र त्यहाँ जनसभामा परिणत हुने कार्यक्रम तय भएको छ। नेकपाबाट चिरन पुन समूहले विद्रोह गरी बुधबार माओवादी केन्द्रसहित १० वटा वाम घटकसँग एकीकरणबाट नेपाली कम्युनिस्ट पार्टी घोषणा गरेको छ।




